Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कक्षा १२ को परीक्षा दिन छुटेका कोरोना संक्रमितका लागि परीक्षा तालिका सार्वजनिक


1.4K
Shares

कक्षा १२ को परीक्षा दिन छुटेका कोरोना संक्रमितका लागि परीक्षा तालिका सार्वजनिक

गोरखा ११, पुस । नोवेल कोरोना भाइरस कोभिड १९ सङ्क्रमित भएर कक्षा १२ को परीक्षाबाट बञ्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था नगरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोनाका कारण स्थगित परीक्षा गत महिनाको १५ गतेबाट सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology