Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लाउन्ज बारबाट ८ जुवाडे पक्राउ


2K
Shares

लाउन्ज बारबाट ८ जुवाडे पक्राउ

काठमाडौं, ३ पुस । काठमण्डौको दरबारमार्गको ‘वान वे एके’ लाउन्जमा जुव खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले छापा हान्दा ठेक्कापट्टामा संलग्न केही व्यक्तिसहित दुई जना महिला पक्राउ परेका हुन् ।

वृत्तका डीएसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् । उनीहरुको साथबाट ५ लाख १८ हजार रुपैयाँसहित चेक र तास बरामद भएको पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology