Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अख्तियारमा गोरखाका जिल्ला भित्रका २२ वटा उजुरी


2.2K
Shares

अख्तियारमा गोरखाका जिल्ला भित्रका २२ वटा उजुरी

गोरखा, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखा जिल्लाबाट २२ वटा उजुरी परेको छ । चालु आर्थिक बर्षको साउन महिना यता बिभिन्न संघंसंस्थाहरुले आर्थिक अनियमिता गरेको लगायतका उजुरी परेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । परेका उजुरीहरु मध्ये सवैभन्दा व्यक्ति तथा परिवारका बिरुद्ध रहेको जनाइएको छ ।

त्यस्तै जिल्लाको एक स्थानीय तहको सरकार बिरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । अख्तियारमा परेका २२ उजुरी मध्ये १६ वटा उजुरी जिल्ला प्रसासन कार्यालयमा नै परेको हो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ४ वटा उजुरी फैसलाका लागि जिल्ला पठाइएको छ । अन्य २ दुई वटा उजुरी हेलो सरकार र ट्रान्सफरेन्सी इन्टरनेसनल मार्फत परेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology