Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोना संक्रमितको सख्या कति पुग्यो? यो हेर्नुहोस


2.5K
Shares

नेपालमा कोरोना संक्रमितको सख्या कति पुग्यो? यो हेर्नुहोस

गोरखा २८, मङ्सिर । पछिल्लो २८ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल सम्म १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ सय जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology