Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पार्किङ गरि राखिएको गाडीमा आगजनी


3.6K
Shares

पार्किङ गरि राखिएको गाडीमा आगजनी

सप्तरी २७, मङ्सिर । सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ ।

स्थानीयबासी बेचन मुखियाको घरआङनमा पार्किङ गरिराखिएको स.१च. १७२५ नम्बर को भ्यानमा शनिबार बिहानै आगजनी भएको हो । आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको छैन । सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन् ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology