Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमानले ननुहाएको भन्दै पत्नीले डिभोर्स मागेपछि…


2.4K
Shares

श्रीमानले ननुहाएको भन्दै पत्नीले डिभोर्स मागेपछि…

काठमाडौं २७, मङ्सिर । भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएकै कारण पतिसँग
सम्बन्धविच्छेद मागेकी छन् ।वैशालीमा बस्ने २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण सम्बन्धविच्छेद मागेकी हुन् ।

विहारको महिला आयोगमा उजुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ । यदि दुई महिनासम्म पनि मनिषले बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

आयोगकी अध्यक्ष दिलमणि मिश्रले सोनीले पतिबाट सम्बन्धविच्छेदको लागि अनुरोध गरेको बताएकी छिन् ।मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो । मनीष पलम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेकी थिइन् ।

उनले भनिन् ‘मनिषले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ ‘१० दिनमा एकदिन उसले नुहाउँछ । साथै पतिको जस्तो व्यवहार पनि गर्दैन।’सोनीले पतिसँग कुनै पनि सर्तमा आफू बस्न नचाहेको बताएकी छिन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology