Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रमेश प्रसाईं र नन्दा सिंह बिवाह बन्धनमा बाँधिए


3.7K
Shares

रमेश प्रसाईं र नन्दा सिंह बिवाह बन्धनमा बाँधिए

धरान – पब्लिक स्पिकर मानिएका रमेश प्रसाई र सामाजिक कार्यमा सक्रिय नन्दा सिंह बिवाह बन्धनमा बाँधिएका छन्। फरक क्षमताका प्रसाईं र सिंह बिच आज (सोमबार) धरानमा बिवाह सम्पन्न भएको हो ।

स्थायी घर नै धरान भएका प्रसाईंले परम्परागत बिवाह गरेको उनका आफन्तले जनाएका छन् । बिगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन हुन् ।

अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन् । पछिल्लो समय इन्द्रेणी टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा विश्वभर चुलिएको छ ।

सिंहले भने काठमाण्डौँमा बालआश्रम चलाउदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology