गोरखा २०, मङ्सिर । गोरखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्यकर्मी माथि कार्यास्थलमै हातपात र दुव्र्यहार गरेको बिरोधमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।
अस्पतालका स्वास्थ्यकर्मीहरुले शनिबार साँझ एक बिज्ञप्ति जारी गर्दै शनिबार दिउसोँ उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि बिरामीका आफ्न्तहरुले हातपात र दुव्र्यवहार जस्तो निन्दनीय कार्य गरेको भन्दै दोषीलाई कारवाही नभए आकस्मिक बाहेका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।
‘कोरोना महामारीको जोखिमका बाबजुत पनि अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी मािथ भएको यस घटनाले हामी अस्पतालका सवै स्वास्थ्यकर्मीहरु घोर भत्र्सना गर्दछौ ।’ बिज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्यकर्मीहरुद्धारा जारी गरिएको बिज्ञप्तिमा अस्पतालको कार्य स्थलमै आफुहरु माथि हातपात र दुव्र्यहार हुनुले स्वास्थ्यकर्मीहरुको सुरक्षाको चुनौती थपिएको उल्लेख छ ।
घटनामा संलग्नलाई कानुनको दायरमा ल्याएर दोषी उपर अविलम्ब कारबाही गर्नपनि स्वास्थ्यकर्मीहरुले प्रसासनसंग माग गरेको छ । दोषी माथि तत्काल कारबाह नभए अस्पतालको आकस्मिक बाहेका सम्पूर्ण सेवामा आफु संलग्न नरहने बिज्ञप्तिमा उल्लेख छ ।
यता नेपाल बिधार्थी संघले भने एक बिज्ञप्ति जारी गर्दै अस्पतालका चिकित्सकले बिरामी कुरुवा माथि दुव्र्यवहार गरेको भन्दै संलग्नलाई कारवाहीको माग गरेको छ । शनिबार नै एक बिज्ञप्ति जारी गर्दै नेबिसंघ गोरखाले चिकित्सकबाट बिरामी कुरुवामाथि दुव्र्यवहार भएको आरोप लगाएको छ ।
