Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रमेश प्रसाईको बैबाहिक बन्धनमा बाधिने


3.7K
Shares

रमेश प्रसाईको बैबाहिक बन्धनमा बाधिने

काठमाण्डौ १६, मङ्सिर ।विभिन्न राजनीतिक टिप्पणी गरेर चर्चामा आएका रमेश प्रसाईंले विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय गायकको छवि बनाएका उनले कालीकोटकी नन्दा सिंहसँग बिहे गर्न लागेका हुन् ।

आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका रमेश र नन्दा दुवै दृष्टिविहीन हुन् । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ ।इन्द्रेणीमा गायिका कल्पना दाहालसँग दोहोरी गाएर चर्चा कमाएका रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका छन् । उनको स्वरमा सो गीतले युट्युब र टिकटकमा राम्रो फ्यान फलोइङ पाएको छ ।

रमेशसँग विवाह गर्न लागेकी नन्दाले काठमाडौंमै बालआश्रम चलाइरहेकी छन् । उनीहरुले धरानबाट बिहे गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology