गोरखा १६, मङ्सिर । निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्तरगत गोरखा क्षेत्र नम्बर २ मा प्राप्त ४ करोड रुपैया स्वास्थ्य, शिक्षा, कृषि क्षेत्र र सडक निर्माणका लागि प्राथामिकता दिदै बिनियोजन गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रतिनिधिसभाका सांसद डा.बाबुराम भट्टराईको निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमबाट गोेरखा नगरपालिका भित्र कोभिड १९ आइसोलेसन भवन व्यवस्थापनका लागि २० लाख, गोरखा नगरपालिका–८ मा आहाले भञ्ज्याङ–अर्घाले गाउँ कृषि सडक तथा भुपाल गाउँ सामुदायिक भवन निर्माणका लािग रु १० लाख, वडा नम्बर ९ मा तमु समाजको अधुरो भवन निर्माणका लागि १० लाख, वडा नम्बर १० मा छपन्न गल्ली कोलदेखि पिटुस्वाँरा कृषि सडक निर्माणका लागि १० लाख, वडा नम्बर ११ मा शिवालय मन्दिर बडहरा सडकका लागि १० लाख, स्वास्थ्य चौकी छाँप गाउँहुदै दरौदी जाने सडक निर्माणका लागि रु १० लाख, भट्टबेसी खेलमैदान तथा रौदी खोल मर्घखोला सडक निर्माणका लािग रु १० लाख रुपैया बिनियोजन गरिएको छ ।
त्यस्तै पालुङटार नगरपालिका ३ स्थित असीमुरे–सिउडेनी– डुम्री डाँडा हुदै आँपपिपल सडक निर्माणका लागि रु २९ लाख, वडा नम्बर १ को ज्वोती चौतारा बेलबास कोलकाटे हुदै खुर्पाजुङ सडक निर्माणका लागि रु १५ लाख ४० हजार, सुन्दरखोला ठूलोगौरी अन्नपूर्ण सडक तथा ज्योती चौतारा चापागाउँ सडक निर्माणका लागि रु १७ लाख, वडा नम्बर ४ स्थित बेलटार–मगरखोल्सा, वडा नम्बर २ मा घोप्टेस्वाँरा हुदै न्यौपाने खोला सडक निर्माणका लागि रु १५ लाख, हर्मीकोट दलित गुठी भवन तथा सिमपानी युवा क्लबको भवन निर्माणका लागि रु १० लाख रुपैया छुट्याइएको छ ।
कार्यक्रम अन्तरगत पालुङटार नगरपालिका–३ राउतेपानीमा सगरमाथा प्रा.लिको भवन निर्माणका लागि रु १० लाख, वडा नम्बर ६मा रहेको साम्पा छोयलिङ गुम्बा निर्माण तथा तालपोखरी घेराबारका लागि रु १२ लाख, वडा नम्बर ८ मा दायखेत कट्जाले जोड्ने तादीखोला पुल निर्माणका लागि रु १० लाख, वडा नम्बर ९ स्थित टासी छोयलिङ गुम्बा निर्माणका लागि रु १० लाख, बिर्दी भन्ज्याङ डाँडा राम्चे सडक मर्मतका लागि रु १० लाख, दलित एकता उत्थान समितिको भवन निर्माणका लागि वडा नम्बर ७ मा रु १० लाख बिनियोजन गरिएको छ ।
त्यस्तै भालुस्वाँरा चित्रेगाँउ हुदै चिहानडाँडा सडक स्तरोन्नतीका लागि सिरानचोक गाउँपालिका ५ मा रु २० लाख, वडा नम्बर ३ मा श्रीनाथ मण्डली सामुदायिक महिला सहकारी भवन निर्माणका लागि १५ लाख, वडा नम्बर १ मा ढाडबेसी कुडार हुदै चिहानडाँडा सडक स्तरोन्नतीका लागि रु १० लाख, नयाँसाधु जेष्ठ नागरिक केन्द्र भवन निर्माणका लागि वडा नम्बर ६ मा रु १० लाख, वडा नम्बर ७ मा लिप्से सामुदायिक भवन तथा जुनाकुमार स्मृति प्रतिष्ठान भवन निर्माणका लागि रु १०, दलित एकता समाजको पालिका स्तरीय भवन निर्माण लागि रु १० लाख छु्टयाइएको छ ।
यता अजिरकोट गाउँपालिका ४ मा जडिबुटी संकलन केन्द्र तथा प्रशोधन केन्द्र बालुवाका लागि रु २० लाख, बालुवा मिलिम ध्याचोक धनसेरा सडक स्तरोन्नतीका लागि वडा नम्बर १ र ४ मा रु १५ लाख, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ ममा बारपाक सामुहिक चिहानबाट मूलबाटो सडक निर्माणका लागि रु २० लाख, बालुवा जोगीडाँडा सडक स्तरोन्नतीका लागि वडा नम्बर ७ मा रु १८ लाख, ताकुकोट कृषि सहकारी कृषि उपज संकलन केन्द्र निर्माणका लागि वडा नम्बर ६ मा रु १० लाख, र वडा नम्बर ८ मा पन्द्रुङ लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि रु १० लाख बिनियोजना भएको छ ।