Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जम्मु कास्मिरमा फेरि मारिए भारतीय सेनामा कार्यरत एक नेपाली


6.2K
Shares

जम्मु कास्मिरमा फेरि मारिए भारतीय सेनामा कार्यरत एक नेपाली

काठमाण्डौ १२, मङ्सिर । भारत प्रशासित कास्मिरमा फेरि भारतीय सेनामा कार्यरत एक नेपालीको मत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका –९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

जम्मु कास्मिरमा कार्यरत केसी शुक्रबार बिहान ५ बजेतिर हमला पर्नुभएको थियो । आतंककारी हमलामा परि गम्भीर घाइते हुनुभएका के.सीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी हो ।

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो।  प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्। भने उहाँका बुबा शब बुझ्न भारत ग​एका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology