Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बैतडीमा जीप दुर्घटना : पेन्सन बुझेर फर्किएका ५ जना बृदबृदाको ज्यान गयो


3.5K
Shares

बैतडीमा जीप दुर्घटना : पेन्सन बुझेर फर्किएका ५ जना बृदबृदाको ज्यान गयो

बैतडी ९, मङ्सिर । बैतडीको बुड्डा भन्ने स्थानमा आज भएको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन् । बैतडीको झुलाघाटबाट गोठलापानी जादै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो २:३० बजे दुर्घटनामाप परेको हो ।

दुर्घटनामा परि पेन्सन बुझेर फर्कदै गरेका बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डे, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

तीव्र गतिका कारण जीप अनियन्त्रित हुदा दुर्घटना भएको ट्राफिक प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटना पछी जीप चालक गोपाल कार्की बेपत्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology