Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अरुलाई हस्पीटलको बेड व्यवस्थापनका गरिदिने लेखाअधिकृत आफै बेड नपाएर ज्यान गुमाए


2.5K
Shares

अरुलाई हस्पीटलको बेड व्यवस्थापनका गरिदिने लेखाअधिकृत आफै बेड नपाएर ज्यान गुमाए

काठमाण्डौ १९, कात्तिक । अरुका लागि बेड मिलाने राजाराम आफैले भने बेड नपाएर मृत्युवरण गर्नुपर्‍यो । ‘१३० पटक बढि रक्तदान गरेर सयौको जीवन दानदिनुभयो। २०–२५वर्ष देखि त्रिविवि शिक्षण अस्पतालमा लेखापालकारुपमा कार्य गर्दा साथीभाइको मात्र होइन गरिब र असाहयको उपचारमा संधै सक्रिय हुनुभयो। तलवभत्ता पनि दिनदुखीको उपचारमा सहयोग गर्ने तपाईले नै त्रिविवि शिक्षण अस्पतालमा ८र८ घण्टा र अन्यत्रको अस्पतालमा पनि आइसियू र भेन्टिलेटर नपाएर देह त्याग गर्न बाध्य भएको सुन्दा धेरै दुख लागेको छ। हार्दिक श्रद्धाञ्जली प्रिय दाइ !’

धादिङका व्यवसायी प्रकाशकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। श्रेष्ठका लागि मात्र होइन धादिङ, त्यस आसपासका लागि मात्र होइन त्रिविवि शिक्षण अस्पतालमा उपचारका लागि पुगेका जो कोहीलाई पनि सहयोगका लागि सक्रिय हुने नाम थियो राजाराम इटनी। स्वास्थ्य उपचारका लागि आम जनताको भरोसाको केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इटनीले भने आफु कार्यरत अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु पर्‍यो भन्दा सायद कसैले पत्याउला। तर, सोमबार राती भयो त्यस्तै।

२५ वर्ष देखि त्रिविवि शिक्षण अस्पतालमा साथीभाइ र अफ्ठेरोमा परेकाहरूको उपचारमा सहयोगी बन्दै आएका राजाराम इटनी आफैले भने उपचारका लागि बेड पाएनन्। त्रिविवि शिक्षण अस्पतालको आर्थिक प्रशासनमा ९हाल लेखा अधिकृत० कार्यरत भएपनि आफ्नो गृहजिल्ला धादिङका लागि मात्र होइन अफ्ठेरो पर्‍यो भनेर सम्झने जो कोहीलाई सहयोग गर्ने इटनीका लागि सोमबार राती सोही अस्पतालमा बेड मिलाइदिने कोही भएन। श्वासप्रश्वासमा समस्या भएपछि राती इर्मजेन्सी सेवा लिन इटनी अस्पताल पुगे।

शरिरमा अक्सिजनको लबेल ४५ भन्दा कम र वेहोस् अवस्थामा उपचारका लागि अस्पताल पुगेका उनलाई भेन्टिलेटरसहितको आइसियू चाहिने चिकित्सकहरूले बताए। तर, अस्पतालमा भेन्टिलेटरसहितको आइसियू खाली नभएको डिउटीमा रहेका चिकित्सकले जानकारी दिए। इटनीको विग्रदो स्वास्थ्य अवस्था र चिकित्सकले पनि भेन्टिलेटरसहितको आइसियूको व्यवस्था गर्न सुझाएपछि उनका आफन्तले उनलाई राती नै करुणा अस्पताल पु(याए। जबकी कोरोना भाइरसको संक्रमितका लागि उपचारका लागि छुट्याइको कोभिट वाड र जनरलतर्फ पनि एकरएक भेन्टिलेटरसहितको आइसीयू अस्पतालमै खाली थियो।

त्रिपुरासुन्दरी –२ धादिङ स्थायी घर भएका इटनी उपचारका लागि राती अस्पताल आएपनि थप उपचारका लागि आइसियू अभावले बाहिर पठाएको डिउटी अफिसरले बिहान ब्रिफिङ गरे। तर, आइसियू इन्चार्ज डा। सुवास आचार्यले कोभिट र ननकोभिट दुबैतिर एकएक भेन्टिलेटरसहितको आइसियू खाली रहेको जानकारी गराएका थिए। त्यसपछि अस्पताल प्रशासनले इटनीको उपचार शिक्षण अस्पतालमै गराउनेगरी आर्थिक प्रशासनका प्रमुख लेखाअधिकृतलाई लिन करुणा अस्पताल पठाएका थिए। जुन बेला ५४ वर्षे इटनीको भेन्टिलेटरसहितको आइसीयू खोज्दाखोज्दै उपचारमा ढिलो हुँदा मंगलबार बिहान करुणा अस्पतालमा निधन भइसकेको थियो।

अस्पतालका निर्देशक डा। दिनेश काफ्लेले आफ्ना लेखाअधिकृत इटनी राती ३र४ बजेको समयमा बिहोस् अवस्थामा अस्पताल आइपुगेको बताए। डिउडिमा रहेका चिकित्सकहरुले डिट्रोभेसन गरेर आइसियू खोजी भएपनि नातेदार र आफन्तहरू आत्तिएर अर्को अस्पतालमा उपचारका लागि लगेको डिउटी अफिसरले बिहान ब्रिफिङ गरेको बताउँदै डा। काफ्ले भने, ‘त्यसपछि एकाउन्टको चिफलाई लिन पठाउँदा उहाँको निधन भइसकेको रहेछ।’

रातीको समय, त्यसमा पनि कम्युनीकेसन ग्याप भएको जनाउँदै काफ्लेले थपे,‘असजिलो समयमा आउनुभयो, जुनियर डाक्टहरूले निर्णय लिनसक्नु भएन। आफन्त पनि आत्तिएर बाहिर लैजानु भएछ।’ रेड एरियामै राखेर पनि थप उपचार गर्न सकिने थियो भन्दै उनले थपे, ‘बिहान हुँदा त हामी सबै मिलेर एउटा प्रबन्ध गर्न सक्ने थियौं।’

निर्देशक काफ्लेले बेडहरु खाली देखिएपनि भेन्टिलेटरसहितका उपकरणहरू विग्रने र त्यसको समयमा मर्मत गर्न पनि नसकिएको बताए। चिसोसँगै संक्रमणको दर बढ्दैजाँदा गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दै गएको र अस्पतालमा कार्यरत पाँच सय कर्मचारीमा संक्रमण देखिएको भन्दै आगामी दिनमा उपचारको प्रबन्ध मिलाउने कुरा अझै चुनौतिपूर्ण रहेको उनले बताए। ‘हामीले अस्ती मात्र जुम मिटिङ गरेर आफ्ना स्टाफहरू उपचार गर्न जहाँ जाउन्, जसरी पनि गर्नुपर्छ भनेका छौं,’ उनले भने, ‘भोलि मलाई पर्दापनि डाक्टर भएर होइन बिरामी नै भएर आउने हो। हामीलाई च्यालेन्ज छ।’

केहीदिन देखि ज्यान दुख्ने, हल्का ज्वरो आएपछि घरमै आराम गरेका इटनीलाई सोमबार राती श्वासप्रश्वासमा गाह्रो भएपछि राती साढे १२ बजे त्रिविवि शिक्षण अस्पताल पु(याइएको उनका भाइ नवराजले जानकारी दिए। ‘दाइलाई श्वासप्रश्वासमा समस्या देखिएर अचेत जस्तै बन्नुभएको थियो,’ उनले भने,‘डिउटिमा रहेका चिकित्सकहरूले भेन्टिलेटर चाहिन्छ हामी कहाँ छैन भन्नुभयो। हामीले दाइ त्यहाँकै कर्मचारी भएकाले पनि धेरै अनुनयबिनय गरौ तर पाइएन।’ सबै बिरामी गम्भीर रहेकाले भेन्टिलेटरसहितको आइसियू दिनै नसक्ने दोहो(याएपछि राती काठमाडौंका धेरै अस्पतालमा प्रयास ग(यो बल्ल चुनिखेलमा रहेको गरिमा अस्पतालले छ भनेपछि उपचारका लागि त्यहाँ पु(याएको उनले सुनाए। त्यहाँ पुग्दा करिव चार बजिसकेको जानकारी दिंदै उनले भने, ‘अक्सीजनको मात्र घटेर कार्वनडाइअक्साइट शरिरमा धेरै भइसकेको रहेछ। डाक्टरले प्रयास त गर्नुभयो तर ठिक भएन। सवा छतिर उहाँको निधनभयो।’

हजारौ व्यक्तिका लागि बेड, आइसियू र भेन्टिलेटरको प्रवन्ध गरेर अरुको ज्यान जोगाउन सँधै सक्रिय रहेपनि आफैले काम गरिरहेको अस्पतालमा समयमा भेन्टिलेटर पाएको भए दाइ निधन नहुने भाइ नवराजको गुनासो छ। ‘उहाँले अरुका लागि त गर्नुभयो तर उहाँकै लागि चाहि अस्पतालले बेड दिएन,’ उनले भने, ‘टिचिङ पुगेको केही समयमै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए दाजु वित्नुहुन्न थियो की।’

देशकै ठूलो अस्पतालले भिभिआइपी, भिआइपीका लागि आइसियूसहितका बेड छुट्याएर राख्ने तर आफ्नै कर्मचारीले उपचार नपाउनु दुखद भएको उनले बताए। ‘दाइले २५ वर्ष सेवा गरेको अस्पतालमा उपचार नपाउनु होला भन्ने हामीलाई लागेको थिएन,’ उनले भने, ‘उहाँको त उपचार भएन भने सर्वधारण अब उपचारका लागि कहाँ जाने रु’

प्रतिनिधिसभाका पूर्व सांसद एबं नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीले त्रिविवि सेवा पास गरेर २५ वर्षभन्दा बढि महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा कार्यरत लेखाअधिकृत आफैले काम गरेको हस्पिटलमा बेड नपाएर इमर्जेन्सीबाट निस्किएर उपचार नपाएर मर्न पर्नु जस्तो लाजमर्दो कुरा केही नभएको बताए। ‘सरकारको नालायकीले सर्वसाधारण र पहुँच नभएकाले त उपचार पाएनन् नै तर त्रिविवि शिक्षण अस्पतालले आफ्नो कर्मचारीको पनि उपचारमा गम्भीर नदेखिनु दुखद भयो,’ अधिकारीले भने,‘हजारौको उपचारको प्रवन्ध गर्ने व्यक्तिले नै उपचार नपाइ मर्नुपरेपछि कसलाई विश्वास गर्ने, उपचारका लागि सर्वसाधारण अब कहाँ जाने रु के गर्ने विश्वास गर्ने ठाउँ नै भएन।’

इटनीको शव मंगलबार शिक्षण अस्पताल ल्याइएको र अमेरिकामा रहेका छोरा बिहीबार आएपछि मात्र उनको सतगत गर्ने तयारी भइरहेको भाइ नवराजले जानकारी दिए। ‘५÷६ घण्टाकाबीचमा सबै कुरा भएकाले उहाँको कोरोना परिक्षण पनि हुन पाएन,’ उनले भने, ‘पारिवारीक परार्मसमा छोरो (राजारामका) के कसरी अन्त्यष्टी गर्ने निर्णयमा पुग्छौं।’ नागरिक न्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology