गोरखा १२, कात्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ ताकुकोटकी १९ बर्षिया महिलाको चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरी भएको १९ दिनमा उहाँको ज्यान भएको भरतपुर अस्पतलाले पुष्टी गरेको छ । उहाँको मंगलबार दिउसो ४ बजे ज्यान गएको थियो ।
स्वाव प्रश्वासमा समस्या आएपछि स्वाब परीक्षण गर्दा कार्तिक ५ गते उहाँमा संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टी भएपछि महिलालाई ६ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । सुत्केरी महिलाको उपचारमा सक्दो प्रयास गरेको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।