Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण


1.3K
Shares

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण

काठमाण्डौ ११,कात्तिक । हाँस्य कलाकार मनोज गजुरेललाई नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको छ । कोभिड १९ को सङ्क्रमण पुष्टि भएको गजुरेलले गएराति सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।

गत साता दाजुलाई अस्पताल ल्याउनेलैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उहाँले अस्ति आइतबार पीसीआर परीक्षण गराउँदा हिजो नतिजा पोजेटिभ आएको उल्लेख गर्नुभएको छ ।

दाजु र आफूलाई कोरोना सङ्क्रमण देखिएकाले स्वास्थ्य सावधानी अपनाउँदै घरमै बसेको पनि गजुरेलले लेख्नुभएको छ । ‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ ।

आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology