Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बडादशैको मुख्य दिन आज टीका : १०: १९ मिनेट टीका लगाउने उत्तम साइत


4.2K
Shares

बडादशैको मुख्य दिन आज टीका : १०: १९ मिनेट टीका लगाउने उत्तम साइत

काठमाडौं १०, कात्तिक  : नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन टिका मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज देशभर हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

आज देवी विसर्जनको साइत बिहान १० : ११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि गौतमको भनाई छ ।  ‘राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद गौतमले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology