Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

युवतीको बिषयमा बिबाद हुदा युवकको हत्या


1.9K
Shares

युवतीको बिषयमा बिबाद हुदा युवकको हत्या

कात्तिक ९ ,भक्तपुर । भक्तपुरमा शनिबार राति एक भारतीय नागरिकको हत्या भएको छ। प्रेमिकाको विषयमा विवाद हुँदा भारतको उत्तरप्रदेशका एक व्यक्तिको हत्या भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता डीएसपी दीपक गिरीका अनुसार उत्तरप्रदेशको मुरादावाद घर भएका ३५ वर्षका शाहिव हुसेनको हत्या भएको हो। उनी भक्तपुर नगरपालिका–१ इटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलका भाडा बनाउने काम गर्थे।

शनिबार ३ जनाले मदिरा सेवन गरेका थिए। कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका–२ इटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डका विषयमा शाहिव हुसेनसँग झगडा भएको थियो।

शाहिव हुसेनलाई सानु अन्सारी र सलमान खान दुवै जनाले ढुंगाले अनुहार र टाउकोमा प्रहार गरे। तत्कालै उनको मृत्यु भयो। र, नरकट घारी खोल्सामा फालेर उनीहरू कोठामा पुगे।

आइतबार बिहान ७ः५० बजे इटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो।

टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा शव फेला परेकाे प्रहरीको भनाई छ। प्रहरीले महानगरीय अपराध महाशाखा टेकु महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगेर अनुसन्धान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology