गोरखा ८, कात्तिक । गोरखामा केही दिन पहिला मोवाईल पसले भुक्याएर अनौठो ढंगले मोवाईल चोरी भयो । गोरखा सदरमुकामको दुई वटा मोवाईल पसलबाट मंगलबार आइतबार पसलमा मोवाइल किन्ने बाहान बनाएर आएका ग्राहकले नै पसललेलाई भुक्याएर मोवाइल चोरेर हिडे । सदरमुकाममा रहेको एस मोबाईल र सराल ईलेक्ट्रोनिक्सबाट यसै साता ३ दिनमा २ वटा मोबाईल चोरी भयो ।
चोर यती चलाख थियो कि उसले कुनै पनि प्रमाण छोडेन । तर पसलमा भएको सिसी क्यामेरामा कैद भएको भिडियोबाट नयाँ उपाय अपनाएर दुवै मोवाईल चोरीमा संलग्नलाई पसलेले नै पक्राउ गर्न सफल भयो । मधेषी मुलका व्यक्तिले मोवाईल चोरी गरेको भएपनि चोरी गरेको व्यक्तिको पहिचान नभएपछि पसलमा आउने अन्य सोही समुदायको व्यक्तिलाई त्यही भिडियो देखाउदै मोवाइल ल्याए १० हजार पुरस्कार दिने बताएपछि चोर फन्दामा परेको हो ।
१० हजार पाउने भएपछि चोरीमा संलग्न व्यक्तिका साथीहरु लोभमा फसी हाले । सोही क्रममा शनिबार चोरी गरेको व्यक्ति भागेको भन्दै एक जनाले मोवाइल लिएर पसले कहाँ १० हजार लिन पुगेपछि घटनामा संलग्नलाई पक्राउ गर्न सजिलो भएको हो । तर ल्याउने ब्यत्ति यसरी फस्यो कि त्यो मोबाईल सराल इलोक्ट्रोनिक्स बाट चोरी नभएको भएर एस मोबाईलको भएको पुष्टी भयो ।दुवै ब्यापारीले ति ब्यत्तिलाई केरकार गर्दा पनि मोबाईल चोरी गरेको ब्यत्ति भागेको भन्दै केही बताउन भने चाहेन ।
तर व्यापारीहरुले नाम नभन्दा र मानिस नचिनाउदा सम्म मानिस नछाड्ने भएपछि अन्यमा उसले चोरीमा संलग्नलाई चिनाई दिएको हो । चोरी घटना संलग्न रौतहट फत्तेपुरका चन्दन साहानीलाई ब्यापारीको एक समूहले खेलकुद मैदान नजिकैबाट नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेको साहानीलाई चोरी गरेको भिडियो देखाउदा पनि त्यो आफु नभएको र आफुले चोरी नगरेको भन्दै भाग्न खोज्दा ब्यापारीले सामान्य हातपातपछि चोरीको मोवाईल देखाउन उनि तयार भए ।
चोरी गरेको मोबाईल साथीहरुले थाहा पाउने डरले उनले गोरखा नगरपालिका ८ को खोलखोले क्षेत्रको जंगलमा खाडल खनेर पुरेर राखेको अवस्थामा फेला परेको थियो । पक्राउ परेको साहानी र २ थान मोबाईल अहिले जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ । साहानीलाई पक्राउ गर्दा १९ बर्ष भनेका उनले अहिले उमेर डाटेर आफु १६ बर्ष मात्र भएको जानकारी प्रहरीले दिएको छ ।उमेर हदका कारण साहानीलाई मुद्वा दर्ता गरेर कारवाही गर्न सक्ने अवस्था नरहने कार्यालयले जनाएको छ ।