Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

स्थगित कक्षा १२ को परीक्षाको मिति तोकियो, कहिलेदेखि हुन्छ परीक्षा यो हेर्नुहोस्


2.8K
Shares

स्थगित कक्षा १२ को परीक्षाको मिति तोकियो, कहिलेदेखि हुन्छ परीक्षा यो हेर्नुहोस्

काठमाण्डौ ५, कात्तिक । नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ ।

शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । कोभिड–१९ सङ्क्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । सङ्क्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology