Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा बजारको मुख्य सडक क्षेत्रमा दारी ग्याङले बनायो जेव्रा क्रसिङ


4.6K
Shares

गोरखा बजारको मुख्य सडक क्षेत्रमा दारी ग्याङले बनायो जेव्रा क्रसिङ

गोरखा ३, कार्तिक  । सामाजिक काममा सक्रिय रहेको दारी ग्याङले गोरखाले गोरखा सदरमुकामको मुख्य सडकका बिभिन्न ठाउँमा क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ । यात्रुहरुले जथाभावी सडक वारपार गर्दा दुर्घटनाको जोखिम बढि हुने भएकाले सडक दुर्घटना न्यनिकरणमा सहयोग पु¥याउने उद्देस्यले दारी ग्याङले सडकमा जेव्रा क्रसिङ निर्माण गरेको हो । पहिलो चरणमा बजार क्षेत्रका ६ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिसकिएको जनाइएको छ ।

‘चाडबाड आयो, बजारमा मानिसको भिडभाड उस्तै छ, जहाँ तहीबाट बाटो काट्ने गर्दा दुर्घटना हुने सम्भवना धेरै भयो, दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्रप्रसाद न्यौपानेले भन्नुभयो, ‘जथाभावी सडक वारपार गर्न नागरिकहरु सचेत गराउनका लागि पनि जेव्रा क्रस बनाइएको हो ।’ पहिले सडक विभागले बनाएको ठाउँमा पुरै रङ मेटिसकेकाले त्यही ठाउँमा निशुल्क रुपमा रङग लगाइएको उहाँले बताउनुभयो । दारी ग्याङले अहिले गोरखा बजार क्षेत्र भित्र ५ स्थान र लक्ष्मी बजारमा गरी ६ स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको समन्वयमा ग्याङले पुरानो बसपार्क, बैंक रोड, शत्तिचोक, अफिस एरिया र लोकतान्त्रि चोकमा जेब्रा क्रसिङ निर्माण सम्पन्न भएको न्यौपानले जानकारी दिनुभयो । सामान्य खर्चमा सर्व साधारणको ज्यान जोगाउन सकिन्छ र सवारी दुरर्घटना कम गर्न सकिन्छ भने किन नगर्ने भनेर युवाहरु मिलेर काम गरेको गरेको उहाँको भनाई छ ।

जेव्राक्रसिङ निर्माणका लागि ग्याङका सबै सदस्यले श्रमदान गरेका थिए । सो संस्थाले यसअघि पनि विपतमा परेका समुदायहरुलाई विभिन्न प्रकारको सहयोगहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology