Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा प्रहरीले मनायो ६५ औं स्थापना दिवस : १२ प्रहरी कर्मचारी पुरस्कृत (फोटो फिचर)


3.5K
Shares

गोरखामा प्रहरीले मनायो ६५ औं स्थापना दिवस : १२ प्रहरी कर्मचारी पुरस्कृत (फोटो फिचर)

गोरखा ३०, असोज । जिल्ला प्रहरी कार्यालय गोरखाले संगठन भित्र रहेर एक बर्ष भित्र उत्कृष्ट कार्य गर्ने १२ जना प्रहरीलाई आज पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले ६५ औ प्रहरी दिवसको अबसरमा प्रहरी परिषरमा एक कार्यक्रमको आयोजना गरि एक प्रहरी निरीक्षक सहित १२ जनालाई पुरस्कृत गरेको हो । सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक सिमोन धिताल, प्रहरी नायव निरीक्षक मोतीराज शर्मा, प्रहरी हवल्दारहरु गमबहादुर थापा, ठाकुर पन्थी, मीनबहादुर श्रेष्ठ, सुुरज बसेल, प्रहरी जवानहरु पूर्णबहादुर थापा, मिनुमाया राना, ज्ञानबहादुर लामिछाने, अस्मिता थापा, सुसन नेपाली, नारायण देवकोटा र कार्यालय सहयोगी बखान सिं थापा रहनु भएको छ ।

कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई सम्मान गर्नुहुदै एसपी सुरेन्द्र गुरुङ

उहाँहरुलाई गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले नगद पुरस्कार सहित सम्मान गर्नुभएको हो । दिवसको अबसरमा कार्यालयमा आयोजित कार्यक्रममा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण गोरखा प्रहरीले प्रहरी कर्मचारी, प्रमुखसंग सम्बन्धित कार्यालयका प्रमुख र पत्रकारको उपस्थितीमा मात्र कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्ने बातारणको तयार पार्नु अहिलेको आबश्यकता रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीले देशभित्र मात्र नभएर देश बाहिर पनि नेपालको गौरव बढाउने कार्य गरिरहेको उल्लेख गर्नुभयो । ‘तै अहिले पनि प्रहरी प्रसासन, निजामती कर्मचारी प्रति अहिलेपनि जनताको गुनासो छ, प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, ‘ त्यसैले हाम्रो आचरण, व्यवहार, पद्धती प्रक्रिया अझै सुर्धानु आबश्यक छ ।’

कोरोना संक्रमणको रोकथामका लागि प्रहरीले अग्रमेर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै उहाँले प्रहरी खेलेको भूमिकाको उच्च प्रंससा समेत गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराईले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न समुदाय र समुदायसंग जोडिएका सवै संघंसस्थाले प्रहरी प्रसासनलाई सहयोग गर्नु कर्तव्य हुने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष कैलासबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, पूर्व प्रहरी संगठन गोरखाका उपाध्यक्ष रामबहादुर गुरुङ लगायले प्रहरी दिवसको अबसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङको अध्यक्षतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology