Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

चाडपर्व मनाउदा साबधानी अपनाउन सरकारको आग्रह


2.8K
Shares

चाडपर्व मनाउदा साबधानी अपनाउन सरकारको आग्रह

काठमाण्डौ २५, असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड १९ को महामारी झन् बढ्दै गएकाले चाडपर्वको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने गरि स्वास्थ्य मन्त्रालयले यसअघि नै मापदण्ड जारी गरिसेकोका छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनावश्यक रुपमा भेटघाट र भिडभाड नगर्न, टाढैबाट कुराकानी गर्न, मास्क अनिवार्य रुपमा लगाउन, हात मिलाउने वा अंकमाल गर्ने काम नगर्न आग्रह गर्नुभएको छ । देवी देवताका मुर्ति र धेरै व्यक्तिले प्रयोग गर्ने सामाग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । पछिल्लो अब देशभरि सक्रिय सङ्क्रमितको संख्या ३० हजार ८१८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology