Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा ४ जना कोरोना संक्रमित थपिए


2K
Shares

गोरखामा ४ जना कोरोना संक्रमित थपिए

गोरखा २४, असोज । गोरखामा शनिबार ४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका, र पालुङटार नगरपालिकामा थप १/१ जना र गण्डकी गाउँपालिकामा २ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ६ अश्राङका १ पुरुषमा संक्रमणको पुष्टी भएको छ ।

त्यस्तै जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलका २ जना पुरुषमा पनि आज नै संक्रमणको पुष्टी भएको निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । यस्तै शनिबार नै जिल्लाको पालुङटार नगरपालिकाकी १ महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

पालुङटार नगरपालिका ७ च्याङलीकी २५ बर्षकी महिलामा संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखाको भनाई छ । संक्रमण पुष्टी भएकी ति महिला कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वाब संकलन गरि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ३१२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology