गोरखा २४, असोज । एकसाता अघि स्कुटर दुर्घटनामा पर्नुभएकी गोरखाको शहिद लखन गाउँपालिकाकी–८ की एक शिक्षिकाको उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
स्थानीय राम्चे प्राथामिक बिधालयकी शिक्षिका फुलमाया श्रेष्ठको काठमाण्डौको छाउनी स्थित सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो ।
बुङकोटको छापथोक घर भएकी श्रेष्ठ यहीँ असोज १५ गते गोरखा नगरपालिकाको आर्युवेद चोकबाट नगरपालिकाको कार्यालय तर्फ जाँदै स्कुटर दुर्घटनामा पर्नुभएको थियो । उहाँले आफैले चलाएको स्कुटर दुर्घटनामा परेको थियो ।
दुर्घटना लगत्तै गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि राजधानीको सैनिक पु¥याएको थियो । उहाँको २ दिन अघि मात्रैमेरु दण्डको अप्रेशन गरिएको थियो । उहाँ बुङकोट श्रेष्ठ समाजकी सह–सचिव समेत हुनुहुन्थ्यो ।