गोरखा २२, असोज । गोरखामा बिश्व दृष्टी दिवसको अबसरमा आज निशुल्क आँखा जाँच तथा मास्क बितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाले सदरमुकाममा एक कार्यक्रमका बिच दिवसको अबसरमा पारेर आँखा जाँच तथा मास्क बितरण गरेको क्लबका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
प्रस्तावित आँखा अस्पताल परिषरमा क्लबको अयोजनामा ९१ जनाले निशुल्क आँखा जाँच गराएका उहाँले बताउनुभयो । ‘भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालन गर्दै शिविर सञ्चालन गरेका हौ, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘शिविरमा आउनेहरुको निशुल्क आँखाको जाँच गरि पठाएका छौ ।’ शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई क्लबे मास्क समेत बितरण गरेको जनाएको छ ।