गोरखा २२, असोज । गोरखाकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको गोरखा नगरपालिका–२ ताप्लेकी ७९ बर्षिय बृद्धाको उपचारको क्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
केही समयदेखि काठमाण्डौमा बस्दै आउनु भएका उहाँको बुधबार मृत्यु भएको जनाइएको छ ।