Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा ७७ बर्षमा लिईन बृद्धाले नागरिकता


1.8K
Shares

गोरखामा ७७ बर्षमा लिईन बृद्धाले नागरिकता

गोरखा ८, असोज । गोरखाको धार्चे गाउँपालिका–६ यार्साकी एक बृद्धाले ७७ बर्षको उमेरमा आज नागरिकता पाउनु भएको छ । नागरिकता नहुदा सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित हुदै आउनु भएकी असरी घलेलाई जिल्ला प्रसासन गोरखाले आज नागरिकत प्रदाना गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो । नागरिकता नहुदा ७ बर्षदेखि नै पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता घलेले पाउनु सक्न भएको थिएन ।

२००१ जेठ ५ गते जन्मनु भएकी गुरुङले सामाजिक सुरक्षा भत्ता नपाएपछि नागरिकताको आबश्यकता परेको उहाँका नाति मैते घलेको भनाई छ । ‘भत्ता सवैले बुझ्दा पनि उहाँले बुझ्न पाउनु भएन, नागरिकता अहिलेसम्म नचाहिएकाले नबनाउनु भएको रहेछ, घलेले भन्नुभयो, उमेर पुगि सकेको छ तर पनि भत्ता लिन पाएपछि बल्ल पो नागरिकता चाहिदो रहेछ थाहा पाउनुभयो ।’ उहाँले सामाजिक सुरक्षा भत्ताका लागि हजुरआमालाई नागरिकता बनाउन सदरमुकाम ल्याएको बताउनुभयो ।

नागरिक बनाउनका लागि बृद्धा घलेलाई यार्सादेखि सोतीसम्म बोकेर ल्याइएको हो । बर्खायामको बाटो त्यसमाथि पनि निरन्तरका पानी परिरहेका बेला दुईदिन लगाएर सदरमुकाम आइपुगेपनि नागरिकता पाएपछि घले खुशी हुनुभएको छ । परिवारका कसैलाई पनि नागरिकता बनाउनुपर्छ भन्ने जानकारी नहुदा अहिलेसम्म नागरिकता बनाउन नआएको नाति मैते घलेको भनाई छ ।

पहिले पहिलो नागरिकत बनाएर के फाईदा हुन्छ, किन चाहिन्छ र कसरी बनाउने भन्ने सम्मपनि थाहा नभएकाले हजुरआमाले नागरिकता नबनाएको उहाँले बताउनुभयो । बद्धा घलेले स्थानीय भाषा बाहेका अन्य भाषा बोल्न नजान्ने र नबुझ्ने भएकाले पनि समस्या भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology