Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनास्लु हिमाल चढ्न बहराइनको राजपरिवार सहितको टोलीले बुझायो १९ लाख रोयल्टी


3.6K
Shares

गोरखाको मनास्लु हिमाल चढ्न बहराइनको राजपरिवार सहितको टोलीले बुझायो १९ लाख रोयल्टी

गोरखा ७, असोज । गोरखाको मनास्लु हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्य सहित १८ जनाको टोलीले अनुमति पाएको छ । टोलीले अनुमती लिनका लागि मंगलबार १९ लाख रुपैयाँ रोयल्टी बुझाएको हो । विश्वभरी ‘किलर माउन्टेन’को नामले परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको लागि १८ जनाको समूहलाई मंगलबार पर्यटन विभागले अनुमति दिएको छ ।

१८ जनाको समूहलाई एकै पटक अनुमती दिन नमिल्ने भए पछि २ समूहमा बिभाजन गरेर अनुमति प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुबाट १६ हजार २०० डलर अर्थात् १८ लाख ९७ हजार रुपैयाँभन्दा धेरै रोयल्टी प्राप्त भई सकेको छ ।

नेपाल आएर ७ दिन क्वान्टिीनमा सबेका उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले छ । कोरोना भाइरसको कारण नेपालमा लगाइएको लकडाउनपछि हिमाल आरोहण गर्न आउने यो पहिलो विदेशी टोली हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology