Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा सदरमुकामको गण्डकी होटलबाट बेपत्ता संक्रमित आरुघाटको आइसोलेसनमा


1.3K
Shares

गोरखा सदरमुकामको गण्डकी होटलबाट बेपत्ता संक्रमित आरुघाटको आइसोलेसनमा

गोरखा ३१, भदौ ।  गोरखा सदरमुकामको गण्डकी होटलबाट आज बिहानदेखि सम्पर्क बिहिन भएका कोरोना पोजिटिभ देखिएका पुरुष सम्पर्कमा आरुघाटमा सम्र्पकमा पुगेका छन् । पोखराबाट कोरोना पुष्टी भएपछि गोरखा आएका २२ बर्षका संक्रमित पुरुष र उनका २६ बर्षका दाजुलाई सम्पर्कमा ल्याएर आइसोलन र क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ । ।

जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु घर भएका २२ बर्षिय पुरुष भारतीय सेनामा रहेको पुष्टी भएको छ । उनि बिदामा नेपाल आएका थिए । उनि नेपाल आएर दाजुको ठाउँ पोखरामा पुगेको थिए । पोखरामै स्वांब लिएका ति पुरुषमा आज बिहान गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणको पुष्टी गरेको थियो । पुष्टी भएलगत्तै उनि दाई संगै मोटरसाइकमा चढेर गोरखा आएका थिए ।

गोरखा आएर गण्डकी होटलमा बसेको भन्ने थाहा पाएपछि खोजी गर्दा उनि त्यहाँबाट भागेका थिए । संक्रमित पुरुषलाई सम्पर्कमा ल्याएर अहिले आरुघाटको भीमेदय माविको आइसोलेसनमा राखिएको छ भने उनका दाजुलाई भने क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology