Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोनाबारे गलत प्रचार गर्दै हिँड्ने चार जनालाई कारबाही


1.1K
Shares

कोरोनाबारे गलत प्रचार गर्दै हिँड्ने चार जनालाई कारबाही

लम्जुङ ३० भदौ । जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना भाइरसबारे गलत प्रचार गरेका व्यक्तिलाई कारबाही गरेको छ । प्रशासन कार्यालयले सामाजिक सञ्जालसँगै कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गरेका ४ जनालाई कारवाही गरेको हो । कारबाहीमा पर्नेमा बेसीसहर नगरपालिका– ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीया महिला, ७ कै ४९ वर्षिय पुरुष र ११ का २९ वर्षीय पुरुष रहेका छन् ।

उनीहरूलाई प्रशासन कार्यालयमा बोलाएर कारबाही स्वरूप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उनीहरूले अनावश्यक रुपमा कोरोना रोगको गलत प्रचारसँगै कोरोना सङ्क्रमितको परिवार र समाजमा भ्रम फैलाएकाले कारबाही गरिएको प्रजिअ शर्माको भनाइ छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भएपनि पहिलोपटक भएकाले कारबाही स्वरूप उक्त जरिवाना लिएर छाडेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology