Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाबाट २४ घण्टामा ११ सय ७० जना संक्रमित


896
Shares

कोरोनाबाट २४ घण्टामा ११ सय ७० जना संक्रमित

गोरखा २९, भदौ । बितेको २४ घण्टामा नेपालमा ११ सय ७० जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशालामा १० हजार ८ सय ७८ नमूना परीक्षण गर्दा ३ सय ९९ महिला र ७ सय ७१ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

उनीहरूमध्ये ३ सय ६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा ८ सय ७९ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ५ सय १२ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङ्क्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology