ओखलढुङगा २० भदौ । ओखलढुंगामा कोरोना संक्रमित एक महिलाले शिशुलाई जन्मदिएकी छन् । कोरोना सङ्क्रमण भएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी जिल्लाकी एक महिलाले बच्चा जन्माएको ओखलढुंगा सामुदायिक अस्पताका निर्देशक युवराज आचार्यले बताउनुभयो । आमालाई हिजो संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उहाँको भनाइ छ ।
‘कोरोना संक्रमण देखिएकी महिलाबाट शिशुको जन्म भएको छ ।’ उहाँले भन्नुभयो, ‘सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’ ओखलढुंगा सामुदायिक अस्पतालले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित गर्भवतीलाई प्रसुति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ ।
सङ्क्रमित महिलाहरुको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र अपरेशन थिएटर सञ्चालनमा ल्याईएकालेसेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।