काठमाण्डौ २७, भदौ । भक्तपुरको थिमि नगरपालिका–६ दुवाकोटमा एक घरमा श्रीमान्, श्रीमती र छोरा सहित ३ जना शव फेला छ । शुक्रबार साँझ सुदिप अधिकारी सहित उनको श्रीमती र छोराको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकका घर पालिएको बेलायती कुकुर पनि मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । घटना स्थलमा सुदिप अधिकारीको शव केहि ताजा देखिएको र श्रीमती सम्झना र छोरा सुशान्तको शव सडेको अवस्थामा भटिएको हो ।
घटनाको प्रकृति हेर्दा सुदिपले हत्या गरेर आफुले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार सम्झना र छोरा सुशान्त तल्लो तलाको आ–आफ्नो कोठाको सुत्ने खाटामा कुहिएको अवस्थामा थिए । छोरा सुशान्तको शवको माथि ‘रामराम’ लेखेको पहेँलो पिताम्बर कपडा (कात्रो) राखिएको थियो, भने श्रीमती सम्झनाको शवमा सेतो बुट्टा भएको कपडा (कात्रो) ओढाइदिएको अवस्था थियो ।
दुवै जनाको टाउकोको खप्परमा गहिरो चोट देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । शुक्रवार साँझ ५ बजे सुदिप अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि घटना भएको खुलेको थियो ।