तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ हटियामा शुक्रबार बलेरो जीप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । दुलेगौँडा बजारबाट व्यागनतर्फ जाँदै गरेको ग १ ज ६०१९ नम्बरको यात्रुवाहक बलेरो जीप हर्कपुर सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अबस्था गम्भीर रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको भएपनि कच्ची सडकका कारण जीप दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।