अछाम २६, भदौ । अछाममा रुखले च्यापिएर एक युवतीको ज्यान गएको छ । कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अक्षामले जनाएको छ ।
घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाको दाउराको मुढा शरीरमा खस्न गई ज्यान गएको हो । दाउरा ल्याउने क्रममा माथिबाट सल्लाको मुढाले घाँटी थिचिन गई घटनास्थलमै निशाको ज्यान गएको उहाँका भाइ जनक थापाले जानकारी दिनुभयो । बिहीबार दिउसो साढे ३ बजेतिर घटना भएको थियो ।
कमलबजार नगरपालिका–४ चाल्सा निवासी तेजबहादुर थापाकी २१ बर्षिया छोरी निशाको हिजो बिहीबार रुखले च्यापिएर ज्यान गएको अछाम प्रहरीले जनाएको छ । दाउराको मुढा मोटो रहेको र घाँटीमा थिचेर घटना स्थलमै ज्यान गएकाले उपचारको पहल नै गर्न नसकिएको परिवारले जनाएको छ ।