भदौ २६ गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालदेखि बारपाक सुलिकोट गाएँपालिकाको ताकुकोटसम्मको सडक कालोपत्रेका काम सुरु भएको छ । विरुवा वाइवा एण्ड लामा कन्स्ट्रकसन र गण्डकी प्रदेश स्थित भौतिक विकास तथा पुर्वाधार मन्त्रालयवीच करिव २९ करोड लागतमा ठेक्का सम्झौता भएको थियो ।
कन्स्ट्रकस्सनले भदौ २३ गतेदेखि जोइन्ट सर्भेको काम गरिरहेको छ । घ्याम्पेसाल देखि ताकुकोट सम्म सर्भेको काम सक्न १५ दिन लाग्छ, सर्भेमा सँलग्न सिभिल तर्फका प्रमुख प्रशिक्षक चन्द्रलाल गुरुङले जानकारी दिनुभयो । द्यभ्क् इन्जिनियरीङ कन्सल्टेन्सीले जोइन्ट सर्भेको काम गरिररहेको छ । जोइन्ट सर्भे सकिएसँगै काम अघि बढ्ने भोतिक विकास तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
सात मिटर चौडा सडकमा अस्फाट क्वालिटिको कालेपत्रे हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारको जिल्ला सदरमुकाम देखि पालिका केन्द्रसम्म पक्कि बाटोले जोड्ने योजना अनुसार उक्त सडक खण्डमा काम भइरहेको हो ।