Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

दश वर्षिया छोरीमाथि करणी प्रयास आरोपमा बुवा पक्राउ


2.8K
Shares

दश वर्षिया छोरीमाथि करणी प्रयास आरोपमा बुवा पक्राउ

दार्चुला २४, भदौ । दार्चुलामा १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै ३६ वर्षिय बुवा पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गा बस्दै आएका ती पुरुषले भाद्र २१ गते राती १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।

जाहेरी परेपछि घट्नास्थलमा पुगि घटनाबारे जानकारी लिइएको र स्वास्थ्य चेकजाँच पनि गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो । ‘पीडित र आफन्तका अनुसार जबरजस्ती करणी प्रयास पनि दोस्रो पटक रहेछ, जबरजस्ती करणी गरेकै हो भन्ने एकिन गर्न मेडिलक रिपोर्ट आएपछि थाहा हुन्छ’ डिएसपी बिष्टले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology