Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ


5K
Shares

प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ

पाल्पा २३,भदौ ।  पाल्पाको रामपूरमा प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रामपूर नगरपालिका वडा नम्बर ४ का सुसन नेपाली, मन बहादुर नेपाली र वडा नंम्बर ५ का सुरज सार्की रहेका छन् ।

उनीहरुले मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लागेका बेला रामपूर अस्पतालमा सुरक्षामा खटिएका प्रहरी जवान जयप्रकाश चौधरीलाई गालीगलौच गर्दै हातपात तथा कुटपिट गरेको ईलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ ।

उनीहरुमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दायर गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology