Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ५ बर्षिय बालक र ७० बर्षका बृद्धामा कोरोना, आज १० जना संक्रमित थपिए


1.5K
Shares

गोरखामा ५ बर्षिय बालक र ७० बर्षका बृद्धामा कोरोना, आज १० जना संक्रमित थपिए

गोरखा २३ भदौ । गोरखामा मंगलबार १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तीमा जिल्लाको गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमित भेटिएको पुष्टी गरेको हो । संक्रमित हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ का ५, २२, २३ वर्षीय पुरुष र ६५, २५ वर्षीय महिला रहेका छन् ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ का ३० बर्ष, वडा नम्बर ७ का २४ र ४६ बर्षिय पुरुष रहेको निर्देशनालयका निर्देशन डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । आज संक्रमण पुष्टी भएका अन्य संक्रमितहरुमा सिरानचोक गाउँपालिका वडा नम्ब ६ का १७ वर्षीय पुरुष तथा भीमसेन थापागाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पुरुष रहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology