Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँमा मृत्यु संस्कारका लागि जाँदै गरेको जीप र्दुघटना, १ जनाको मृत्यु ७ घाइते


1.6K
Shares

तनहुँमा मृत्यु संस्कारका लागि जाँदै गरेको जीप र्दुघटना, १ जनाको मृत्यु ७ घाइते

तनहुँ २२, भदौं । तनहुँको जीप ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–५ चापाघाटबाट खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप देउलीखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी अन्य ७ जना घाइते भएका छन् । जीप सडकबाट झण्डै ७० फिट तल खोलामा खसेको थियो । दुर्घटनामा परी व्यास नगरपालिका–५ घर भएका ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

गम्भीर घाइते श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँको भनाई छ । दुर्घटनामा घाइते भएका मध्ये जीपका चालक म्याग्दे गाउँपालिका–७ निवासी होमबहादुर श्रेष्ठको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology