गोरखा २०, भदौ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको गोरखा नगरपालिका वडा नम्बर १३ भित्र मदिराजन्य पर्दाथ बिक्रि बितरणमा रोक लगाएको छ । वडामा आज बसेको सर्व पक्षिय बैठकले अर्को निर्णय नहुदासम्मका लागि चुरोट, सुर्ती, मदिरा तथा चिसो पेयपर्दाथ बिक्रि बितरणमा रोक लगाएको वडाध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।
त्यस्ता पर्दाथ सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्न सक्ने भएकाले केही संक्रमण नियन्त्रणमा नआउदासम्मका लागि यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा भित्र रहेका खाद्य पस बिहान ७ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने र बिक्रि बितरण गर्दा अनिबार्य रुपमा सामाजिक दुरी कायम गर्नुपर्ने निर्णय पनि सर्वपक्षिय बैठकले गरेको वडाध्यक्ष खनालको भनाई छ । बैठकले वडा भित्र रहेका १५ वटै टोललाई तत्कालका लागि एकटोलबाट अर्को टोलमा आउजाउ गर्न पनि रोक लगाएको उहाँले बताउनुभयो ।