गोरखा २० ,भदौं । गोरखा नगरपालिका भित्र शुक्रबार कोरोना संक्रमण पुष्टी भएकाहरुलाई आज आइसोलेसनमा लगिने भएको छ । नगरपालिकाको वडा नम्बर १३ मा संक्रमण पुष्टी भएका १४ जना, वडा नम्बर ८ मा संक्रमण पुष्टी भएका १ जना र वडा नम्बर ७ का संक्रमण पुष्टी भएका ३ जनालाई आइसोलेसनमा लैजाने तयारी भएको नगरपालिका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले जानकारी दिनुभयो ।
संक्रमितहरुलाई आइसोलेसनमा लैजान एम्बुलेन्स, स्वास्थ्यकर्मीहरुका लागि आबश्यक सुरक्षा सामाग्री तयारी गरिरहेका छौ, उहाँले भन्नुभयो, आज बेलुकीसम्ममा संक्रमित सवैलाई आइसोलेसनमा पुर्याउने गरि तयारी भइरहेको छ । नगरपालिका संक्रमित मध्ये २ जना गोरखा नगरपालिका वडा नम्बर ६ का संक्रमित व्यक्तिहरु होम आइसोलेसनमा बसेको उहाँले जानकारी दिनुभयो ।