Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप


910
Shares

रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप

काठमाण्डौ १८ भदौं ।  ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ हटाउने क्रममा बिहिबार स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेक प्रसाद राईले जानकारी दिनुभयो ।

प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठी चार्ज गर्नु परेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नमानेर मानिसहरु भेला भइ रथ तानेको भन्दै प्रहरीले रथ हटाउन खोजेको थियो । स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology