गोरखा १८, भदौ । गोरखाको पालुङ्टार नगरपालिका वार्ड न ५ स्थित राधाकृष्ण मन्दिरमा गएराति चोरी भएको छ । मन्दिर भन्दा करिब ५० मिटर पर एउटा पैसाको बाकस फुटाईएको र पैसा छरिएको अबस्थामा फेला परेपछि मन्दिरमा चोरी भएको खुलेको हो ।
चोरीमा कसको संलग्नता रहेको छ भन्न्ने बारेमा भने खुल्न सकेको छैन । पैसाको बाकस फुटेको र पैसा छरपस्ट भेटिएपछि खोज्दै जाँदा मन्दिर भित्र रहेको अर्को दान पेटिका पनि फुटेको अबस्थामा भेटिएपछी मन्दिरमा चोरी भएको पुष्टि भएको स्थानीयबासीले जानकारी दिएका छन् । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।