Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘एउटी आमा जसले ४ शिशुलाई एकै पटकमा जन्म दिएर आफुले संसार छोडिन्’


2.5K
Shares

‘एउटी आमा जसले ४ शिशुलाई एकै पटकमा जन्म दिएर आफुले संसार छोडिन्’

नागरिक सवाल संवाददाता
जनकपुर १७ भदौं । एक पटक चार शिशुलाई जन्म दिएर जनकपुरकी एक महिलाले संसार छोड्नु भएको छ । जनकपुरको जोगियाराकी अमिरुल खातुनको आज ४ शिशुलाई जन्मदिए लगत्तै ज्यान गएको हो । हिजो राती एकै पटकमा चम्ल्याहा बच्चाको जन्म दिएकी उहाँको अवस्था गम्भीर भएको थियो ।

विदेह नगरपालिका ७ जोगियारा टोलकी खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति शल्यक्रियामार्फत ३ छोरी र १ छोराको जन्म दिनुभएको थियो । खातुनलाई बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिए पछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा दिउँसो मृत्यु भएको अस्पतालले जनाएको पुष्टी गरेको छ ।

आमाको मृत्यु संगै सबै बच्चाहरुको स्वास्थ्य अवस्था समेत अस्थिर देखिएको अस्पतालले जनाएको छ । अहिले सबैलाई बच्चालाई एनआईसीयूमा राखेर उपचार भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology