Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाको छेवेटारबाट एक बेबारिसे बालकको उद्धार


6.3K
Shares

गोरखा नगरपालिकाको छेवेटारबाट एक बेबारिसे बालकको उद्धार

गोरखा १७, भदौं ।  गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार क्षेत्रबाट आज एक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकलाई मानवसेवा आश्रम गोरखामा संरक्षणका लागि राखिएको वडा नम्बर १० का वडाध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सानै उमेरमा जन्मदिने आमा अर्कै संग बिहे गरि अन्यत्र गएको अनि बाबुले पनि अर्कै बिहे गरी छोडेर बेपत्ता भएपछि  बेवारिसे  बनेका  भिमराज लामा नाम गरेका बालकलाई उद्धार गरि मानवसेवा आश्रममा बुझाइएको उहाँले बताउनुभयो । बेवारिसे बालक छेवेटार बजारमा डुलेर मागेर आफ्नो पेट पाल्दै आएको अबस्थामा भेटिएपछि उद्धार गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालकलाई मानवसेवा आश्रम गोरखा शाखाका संरक्षण पठाइएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology