काठमाडौं, १५ भदौ । काठमाडौं महानगर मेयर विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको मेयर शाक्यको रिर्पोट पोजेटिभ आएको हो ।
संक्रमणको पुष्टी भएका उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ । मेयर शाक्यको सचिवालयका अनुसार पत्नीको पनि स्वाब संकलन गरिएकोमा उहाँको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।