Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज थप ३ जनामा कोरोना पुष्टी : चितवनबाट फर्किएका एक पुरुषमा पनि संक्रमण भेटियो


2.3K
Shares

गोरखामा आज थप ३ जनामा कोरोना पुष्टी : चितवनबाट फर्किएका एक पुरुषमा पनि संक्रमण भेटियो

गोरखा १५, भदौं ।  गोरखामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १२, वडा नम्बर ६ र वडा नम्बर १३ का एक–एक जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका १२ का ४६ बर्षिय पुरुषमा बिहान कोरोना संक्रमण पुष्टी भएको हो ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा उहाँमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो । केही दिन अगाडी चितवनबाट फर्किएर होम क्वारेन्टिनमा बस्दै आएका उहाँकोे सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङको काम थालनी गरिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

बिरामी भएर भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराई फर्किनु भएका उहाँको भाद्र १२ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाइको थियो । त्यस्तै गोरखा नगरपालिका ६ का २१ बर्षका पुरुष र वडा नम्बर १३ का १२ बर्षिया बालिकामा पनि आजै कोरोना संक्रमण पुष्टी भएको छ । वडा नम्बर ६ तिनधारेका २१ बर्षका पुरुषको लमजुङमा रहदा आफ्नो साथीलाई कोरोना पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पठाइएको थियो ।

१२ बर्षिया बालिकाको भने कन्ट्रयाक ट्रेसिङका क्रममा कोरोना पुष्टी भएको हो । देउराली दराई गाउँकी संक्रमित बालिका केही दिन अघि चितवनमा कोरोनाबाट बाट ज्यान गुमाएका युवकको आफ्न्त हुन् । संक्रमित सवैलाई गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइएको सूचना अधिकारी न्यौपानले बताउनुभयो । यसैबिच चितवनमा संक्रमणको पुष्टी भएका गोरखा नगरपालिका–१३ कै अर्का एक संक्रमितलाई आजै गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology