गोरखा १४, भदौं । गोरखा नगरपालिका गोरखाले एकैदिन नगरपालिका भित्र १२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि ५ वटा वडा सिल गरेको छ ।नगरपालिकाले आईतबार साँझ आकस्मिक बिज्ञप्ती जारी गर्दै १०, ११, १२, १३, र १४ नम्बर वडा सिल गरेको जनाएको हो । सिल गरिएका वडाहरुमा सवै सेवा बन्द गर्न नगरप्रमुख राजनराजन पन्तले आग्रह गर्नुभएको छ ।
गोरखा नगरपालिका–१३ को देउरालीका संक्रमित पुरुषको सम्र्पकमा आएकोहरुको कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टी भएको र ‘थप कन्ट्याक्ट ट्रेसिङ गरेर स्थितिलाई समान्य अवस्थामा ल्याउन पर्ने भएकाले अर्को सुचना नभएसम्मका लागि वडाहरु सिल गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
अर्को सूचना जारी नभएका सम्मका लागि नगरपालिकाले जारी गरेको बिज्ञप्तमिा नगरपालिका कार्यालय र सिल गरिएका बोहकका वडा कार्यालयहरुको सेवा समेत बन्द रहने जनाएको छ । नगरप्रमुख पन्तले बिज्ञप्ती मार्फत अनावस्यक घर बाहिर ननिस्कन, मास्क प्रयोग गर्न, अत्यावश्यक काममा सामाजिक दुरी, सुरक्षाका मापदण्डमा ध्यान दिन नगरबासीहरुलाई आग्रह समेत गर्नुभएको छ ।