डुम्रे १४, भदौं । तनहुँको बन्दिपुर गाउँपालिकाको–१ स्थित डुम्रेमा रहेको एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएको छ । डुम्रेमा रहेको गरिमा बिकास बैककी कर्मचारीमा कोरोना पुष्टि हो ।
बैकंकी कर्मचारीमा संक्रमण पुष्टी भएपछि सुरक्षा र सतर्कताको लागी भन्दै गाउँपालिकाले बैक सिल गर्ने तयारी गरेको छ । गाउँपालिकाले बन्दिपुर स्थित ग्लोबल आइ एम ई बैक समेत सिल गर्ने तयारी गरेको हो ।
बैंक सिल गरेर संक्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।